‘ओली सरकार छिमेकी राष्ट्रहरुको गुलामी बन्दै’’ : डा.दहित

शक्ति परियार, राजापुर
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा वरिष्ठ नेता डा. गोपाल दहितले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख भएको आरोप आरोप लगाए । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बर्दियाले राजापुरमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै डा. दहितले भने—‘‘दुई तिहाईको सरकारले मित्र राष्ट्रहरुसंगको सम्बन्ध र सिमा सुरक्षा गर्न असक्षम रहेको छ ।’’ राष्ट्रियताको नारा लगाएर दुई तिहाई मत प्राप्त गरेको केपी वलीको सरकार छिमेकी राष्ट्रको गुलामी बन्ने गरेको डा. दहितले आरोप लगाए ।
दुई तिहाईको बहुमत ल्याएर विजयी भएको नेकपाको सरकारले गरिबलाई धनि बनाउने, गरिबलाई सत्ता हस्तान्तरण गर्ने भन्ने झुठो खेती गर्दै आएको सरकार हरेक क्षेत्रमा असफल रहेको भन्दै सोझा जनताहरुलाई बारम्बार झुक्याएको र जनताको मतको अपमान गरेकाले नेपाली काँग्रेसले अपमान सहन नसक्ने डा.दहितले बताए । नेपालको राष्ट्रियता नेपाली काँग्रेसले संरक्षण,समृद्धि गर्ने डा. दहितको भनाई थियो ।