बालविवाह न्यूनिकरणमा सरोकारवालाको साझा प्रतिबद्धता

नेपालगन्ज : बाँकेमा बालविवाह न्यूनिकरणका लागि सरोकारवालाहरुले साझा प्रतिबद्धता जनाएका छन् ।
प्लान इन्टरनेशनल नेपाल, स्याक नेपाल बाँके र जिल्ला बाल अधिकार समितिले शुक्रबार नेपालगन्जमा संयुक्त रुपमा आयोजना गरेको बालविवाह मुक्त घोषणामा सरोकारवालाको भूमिका विषयक कार्यक्रममा सरोकारवालाहरुले बालविवाहमा साझा प्रयासको थालनी भएमा मात्र न्यूनिकरण गर्दै बालविवाह मुक्त घोषणा गर्न सकिने बताएका थिए । कार्यक्रममा जिल्ला बाल अधिकार समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले बाल विवाह मुक्त घोषणाका लागि स्थानीय तहहरु जिम्मेवार हुनुपर्ने बताए । जिल्ला शिक्षा समन्वय इकाइ बाँकेका प्रमुख रामसुरेश यादवले अशिक्षाका कारण बालविवाह भइरहेको भन्दै बालविवाह रोकथाम गर्न शिक्षा क्षेत्रबाट पनि पहल गर्न जोड दिएका थिए । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको सामाजिक डिभिजनल कार्यालय प्रमुख रामचन्द्र पालले बालविवाह, वालश्रम र बालदुव्र्यवहारका विषयमा जिल्लाका ३ वटा स्थानीय तहमा सहकार्य गर्न सकिने जानकारी गराएका थिए ।प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतकी कार्यक्रम संयोजक आशा बुढाले बाल विवाह न्यूनिकरण र मुक्त घोषणा गर्न स्थानीय तह र सरकारी कार्यालयसँग साझेदारीमा कार्यक्रम गर्न सकिने धारणा राखेकी थिइन् ।
कार्यक्रममा स्याक नेपाल बाँकेको बालविवाह रोकथाम परियोजना प्रबन्धक जगदीश थापाले संस्थाले बालविवाह रोकथामका लागि सञ्चालन गरेको कार्यक्रम, परियोजनाबाट परेको प्रभाव र बालविवाह मुक्त वडा घोषणाका लागि भइरहेको तयारीबारे जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *