टीकापुरमा दैनिक ७ सवारी ट्राफिक कारबाहीमा

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा दैनिक आधा दर्जनभन्दा बढी सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका छन् ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट टीकापुरले ६ महिनामा १ हजार ३ सय २९ सवारी साधनलाई कारबाही गरेको छ । जुन मासिक औसत २ सय २१ र दैनिक ७ बढी सवारी साधनको कारबाही हुन्छ । प्रहरी नायव निरीक्षक खेमविक्रम केसी ६ महिनामा ८ लाख रुपैयाँ राजस्व संकलन भएको बताउँछन् । साउनमा, १२३ सवारीबाट ७१ हजार, भदौंमा ७५ सवारीबाट ४१ हजार ५ सय, असोजमा १९५ सवारीबाट १ लाख १९ हजार ५ सय, कार्तिकमा २४५ सवारीबाट १ लाख ५० हजार ५ सय, मंसिरमा ३६२ सवारीबाट २ लाख २५ हजार ५ सय र पुसमा ३२९ सवारी साधनबाट १ लाख ९२ हजार राजस्व संकलन भएको केसीले बताए । टीकापुरमा ६ महिनामा २८ वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु ३३ जना घाइते भएका ट्राफिक प्रहरी पोष्टका प्रहरी जवान रमन थापाले जानकारी दिए ।