कैलालीमा सशस्त्रका २ बोर्डर आउट पोष्ट स्थापना

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीमा शसस्त्र प्रहरी बलका थप दुई वटा बोर्डर आउट पोष्ट स्थापना गरिएको छ।
कैलालीको टीकापुर नगरपालिका ७ मा स्थापना भएको बोर्डर आउट पोष्टको वडा अध्यक्ष रामलाल डगौंराले र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठले मंगलबार संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
कैलारी गाउँपालिका–७, लठ्ठाघाट र टीकापुर नगरपालिका–७, कालाकुण्डामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट स्थापना भएको हो । भारतसँग १०१ किलोमिटर खुला सीमानाका रहेको कैलालीमा योसँगै नेपाल बोर्डर आउट पोष्टको संख्या १४ पुगेको छ। कैलारी ७ मा स्थापना भएको बोर्डर आउट पोष्टको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।
बोर्डर आउट पोष्टको उद्घाटन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठले राज्य र जनताको सेवा र सुरक्षा ध्यानमा राखेर अझ बढी अनुशासित एवम् कर्तव्यनिष्ट भएर सेवा गर्नुपर्ने बताए। उनले सीमा सुरक्षा, अपराध र अवैध चोरी निकासी पैठारी रोक्न व्यावसायिक ढंगले कार्य क्षेत्रमा खटिन सुरक्षाकर्मीलाई निर्देशन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *