उपसभामुख थारुको निर्वाचन क्षेत्र विकास कोषको रकमबाट राजापुर क्षेत्रमा २ वटा एम्बुलेन्स

शक्ति परियार । राजापुर
लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुको निर्वाचन क्षेत्र विकास कोष योजना अन्तर्गत राजापुर क्षेत्रका लागि २ वटा एम्बुलेन्स खरिद गरिएको छ ।
उपसभामुख थारुका स्वकीय सचिव अर्जुन चौलागाईका अनुसार राजापुर नगरपालिका ६ मानपुरटपरा स्वास्थ्य चौकी र गेरुवा गाउँपालिकाको रेडक्रस उपशाखा कार्यालयलाई एम्बुलेन्स खरिद गर्न १०/१० लाखका दरले बजेट विनियोजन गरिएको हो । एम्बुलेन्स खरिद भइसकेको छ । उपसभामुख थारुले निर्वाचन क्षेत्र विकास कोष योजना अन्तर्गतको कार्यक्रमबाट आब २०७६/७७ मा ६ वटा योजनामा बजेट विनियोजन गरेकी छन् । प्रदेश सरकारबाट प्राप्त रकमबाट खरिद गरिएको एम्बुलेन्स अबको केही दिनमै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने राजापुर नगर प्रमुख शिवप्रसाद थारुले बताए । गेरुवा गाउँपालिकामा भने पहिलो पटक एम्बुलेन्स सेवा सुरु हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *