ब्राउन सुगरसहित कैलालीमा ६ जना पक्राउ

टीकापुर : कैलालीको टीकापुर र घोडाघोडी नगरपालिकाबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।
कालाकुण्डा प्रहरी चौकीका इन्चार्ज राजेन्द्रबहादुर कुमालका अनुसार पक्राउ पर्नेमा टीकापुर ७ सत्तीका खुलस्त भनिने सुमित दाहालबाट ४ मिलिग्राम, डाँडाबोझीका कमल ठकुल्ला , तपेन्द्र ठकुल्ला र वडा नं. ६ का रेवन्त कुवँरबाट अन्दाजी ५ ग्राम र घोडाघोडी नगरपालिका २ साडेपानीका गोविन्द विष्ट, घोडाघोडी ८ का लक्ष्मण शाहीबाट अन्दाजी ८ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टीकापुर, प्रहरी चौकी कालाकुण्डा र शसस्त्र प्रहरी बीओपी कालाकुण्डाबाट खटिएको संयुक्त गस्ती टोलीले फरक फरक समयमा उनीहरुलाई पक्राउ गरेको इन्चार्ज कुमालले जानकारी दिए । पक्राउ परेका सबै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयटीकापुर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *