डिजिटल लर्निङ डे’ मा ‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रम हुने

नेपालगन्ज : शिक्षण संस्थामा डिजिटल प्रविधि र ज्ञानसहितको अध्ययन–अध्यापनलाई बढोत्तरी गर्ने उद्देश्यले आगामी फागुन १३ गते डिजिटल लर्निङ डे’को अवसरमा राजधानीमा २ दिने ‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रम हुने भएको छ ।
निमा एजुकेशन फाउन्डेसन काठमाडौंले राजधानीमा आयोजना गर्ने कार्यक्रममा निमा एकेडेमी मुख्य आयोजक, लिभिङ विथ आइसिटी र सोचवेयर सहआयोजकको रूपमा रहेका छन् । जिनियस क्लाउड एकेडेमी इन एसोसिएसनको रूपमा रहेको यस कार्यक्रममा कारखाना सहयोगी संस्थाको रूपमा रहेको छ । डिजिटल लर्निङ डे इन एसोसिएसन विथ जिनियस क्लाउड एकेडेमी कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयमा प्यानल डिस्कसन तथा अन्तक्रिया कार्यक्रमहरू आयोजना हुनेछन् । ‘रिइमाजेनिङ डिजिटल एजुकेशनस् पोलिसी एण्ड प्लानिङ’ विषयमा पहिलो प्यानल डिस्कसन सञ्चालन हुनेछ भने ‘फ्युचर अफ डिजिटल एजुकेशन’ विषयमा दोस्रो तथा अन्तिम प्यानल डिस्कसन सञ्चालन हुनेछ ।
यसैगरी डिजिटल लर्निङ डेको अवसरमा २ दिन विद्यार्थी तथा शिक्षकहरूका लागि वर्कशप तथा इन्फरमेटिभ सेसनहरू समेत आयोजना हुनेछन् । विगत एक वर्षको अधिकांश समय कोभिड–१९ को महामारी तथा लकडाउनको कारण शैक्षिक संस्थाहरू बन्द रहे । यस महामारीले गर्दा नेपालमा डिजिटल शिक्षाको विकास अझ टड्कारो बनेको छ । परिणाम स्वरुप, अधिकांश विद्यालय तथा विश्वविद्यालयहरूले अनलाइन लर्निङ तथा डिजिटल शिक्षाको अभ्यास गरिरहेका छन् । सरकारले पनि वैकल्पिक शिक्षा सिकाइको रूपमा डिजिटल शिक्षालाई प्राथमिकतामा राखेको छ । यसर्थ, यस वर्ष डिजिटल शिक्षालाई प्रवद्धन गर्ने ‘डिजिटल लर्निङ डे’को सान्दर्भिकता र महत्व अझ बढेको निमा एकेडेमीको डिजिटल लर्निङ डे २०२१ को कार्यक्रम संयोजक नेहा जोशी बताउँछिन् । कार्यक्रममा आइसीटीका सरोकारवाला, विश्वविद्यालयका प्रतिनिधि र विद्यालयका प्रिन्सिपल, शिक्षक र विज्ञहरू सहित एक सय जनाभन्दा बढीको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।
सबै विद्यार्थीहरूका लागि डिजिटल शिक्षा र पहुँचको वकालत गर्ने उद्देश्यले सन् २०१२ फेब्रुअरी २५ देखि डिजिटल सिकाइ दिवस विश्वव्यापी रूपमा मनाउन शुरु गरिएको हो । डिजिटल प्रविधिको प्रयोग गरी कक्षाकोठामा पठनपाठन गर्ने हिसाबले नवीन र अग्रगामी सोचलाई उजागर गर्ने दिनका रुपमा फेबु्रअरी २५ लाई मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *