गेरुवालाई छुवाछुत मुक्त पालिका बनाउने अभियान सुरु

शक्ति परियार । गेरुवा
बर्दियाको गेरुवा गाउँपालिकालाई छुवाछुत मुक्त पालिका बनाउने अभियान सुरु भएको छ । अभियान अन्तरगत वडा र टोल तहमा सचेतनामूलक कार्यक्रम, अन्तरक्रियालगायतका विविध कार्यक्रम गरिँदैछ ।
दलित सेवा संघ बर्दियाले गेरुवालाई छुवाछुत मुक्त पालिका बनाउने बुधबार गेरुवा-१ बगहीपुरमा आयोजना गरेको दलित र गैरदलितबीचको अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, समाजसेवी, बुद्धिजिवी, बड्घर, शिक्षकलगायतको एक्यबद्धता जनाउँदै वस्ती स्तरमा सचेतना कार्यक्रममार्फत विभेद विरुद्धको अभियान सफल बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । गेरुवाबाट सुरु गरिएको यो अभियान जिल्लाका अन्य स्थानीय तहसँग सहकार्य गर्ने दलित सेवा बर्दियाका अध्यक्ष ताराबहादुर सुनार बताउँछन् ।