नेपालगन्जमा २ दिने फोटो प्रदर्शनी सुरु

नेपालगन्ज : दोस्रो नेपालगन्ज फोटो फेस्टिभल मंगलबारदेखि नेपालगन्जमा सुरु भएको छ ।
अन्तरालले आयोजना गरेको २ दिने फोटो प्रदर्शनीको नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणाले शुभारम्भ गरेका हुन् । विभिन्न पेशा वा व्यवसायमा आबद्ध व्यक्तिले खिचेका एक सय ५० बढी फोटोलाई प्रदर्शनीमा राखिएको अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिए । मंगलबार र बुधबार २ दिनसम्म चल्ने प्रदर्शनीमा सर्वोत्कृष्ट फोटोलाई २५ हजार र विभिन्न विधाका उत्कृष्ट फोटोलाई पाँच पाँच हजार रुपैयाँ पुरस्कार दिइनेछ । नेपाल फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्की फोटो प्रतियोगिताको निर्णायक छन् ।