शनिबार नेपालगन्जमा बाटिका फेस्टिबल हुँदै

नेपालगन्ज : नेपालगन्जमा बाटिका फेस्टिबल हुने भएको छ । बाटिका बुटिक होटलको आयोजनामा शनिबार हुने फेस्टिबलमा विभिन्न प्रकारका मल्टि प्रपोजमा आवद्ध रहेका संघ संस्था, संचार, बुटिक र फुड्सका उत्पादनहरु प्रर्दशन गरिने आयोजकले जनाएको छ ।
फेस्टिबल सम्वन्धी जानकारी दिन मंगलबार होटल बाटिकाले पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित फेस्टिबल निःशुल्क अवलोकन गर्न सकिने जनाएको छ ।
बिहान ९ देखि बेलुकी ६ बजे सम्म संचालन हुने फेस्टिबलमा नेपालगन्जको चिनारीको रुपमा रहेको चौलिक्का बाबा हलुवा परोठा, अजबको आईसक्रिम, क्रिमबेल आईसक्रिम, इथ्निका फेसन बुटिक, क्लासिकटेक ईन्टरनेट, मट्री अचार, बेनी फिटनेश, डोसा डिलाईड, सेवा क्लिनिङ, भारतीय गोर्खा सैनिक तालिम केन्द्र, डेलिटेक (आईटी) भिन्टेज कलेज (होटल म्यानेजमेन्ट, कन्सलटेन्सीलगायत विभिन्न १९ वटा स्टलहरु राखिने निश्चित भएको बाटिका बुटिक होटलका प्रबन्ध निर्देशक शिवाङ्गिणी राणाले जानकारी दिईन ।
राजधानी बाहिर मल्टिपल फेस्टिबल संभवत पहिलो पटक आयोजना हुन लागेको बताउँदै उनले मल्टि प्रपोजमा आवद्ध रहेका संघ संस्था, संचार, बुटिक र फुड्सका उत्पादकहरुलाई आ आफ्ना उत्पादनहरु प्रदर्शनीमा ल्याउन आग्रह समेत गरीन । फेस्टिबलको प्रायोजकको रुपमा सेन्चुरी बैंक रहेको छ ।