राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालनको तयारी

जलयात्रा सम्भाव्यताबारे राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुसँग सहयोग माग्दै पर्यटन व्यवसायी । फोटो : मेरो खुसी

अगैया (बाँके) : बाँकेको राप्ती नदीको अगैयादेखि सिधनियाँ घाटसम्म पहिलो पटक व्यवसायिक रुपमा जलयात्रा (र्‍याफ्टिङ) सञ्चालन गर्ने तयारी भएको छ ।
नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, र्‍याफ्टिङ एसोसिएसनका महासचिव शिशिर खनाल, पर्यटन प्रबद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र हान बाँकेका सदस्य अनिल झासहितको पर्यटन व्यवसायीको टोलीले बिहीबार राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुलाई र्‍याफ्टिङको सम्भाव्यता अध्ययनका सहयोग मागेको थियो । सो अवसरमा गाउँपालिका अध्यक्ष लाहुराम थारुले र्‍याफ्टिङ सुरु गर्न सघाउने प्रतिबद्धता जनाएका थिए ।