धम्बोझी क्लबको लगातार दोस्रो जित

धम्बोझी क्लब र मनकामना क्लबका खेलाडी प्रतिष्पर्धामा । फोटो : कमल खत्रीको फेसबुकबाट

नेपालगन्ज : एन्फा प्रेसिडेन्ट लिग फुटबलमा लुम्बिनी प्रदेशको धम्बोझी क्बलले लगातार दोस्रो जित हासिल गरेको छ ।
बिहिबारको पहिलो खेलमा धम्बोझीले प्रदेश–२ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको हो । धम्बोझीलाई विजयी बनाउन निसान लिम्बुले ह्याट्रिक गरेका थिए। उनले ९, ३५ र ८८ औ मिनेटमा गोल गरेका। जित सँगै धम्बोझीले लगातार दुइ खेल जितेर ६ अंक जोडेको छ ।