राजापुरमा ४० लाखमा सामुदायिक भवन बन्ने

शक्ति परियार, राजापुर ।

बर्दियाको राजापुरमा सामुदायिक भवन बन्ने भएको छ ।

लुम्बिनी प्रदेश उपसभामुख कृष्णी थारुले बर्दियाको राजापुर स्थित संघर्षनगरमा सामुदायिक भवनको शिलन्यास गरेकी हुन । लुम्बिनी प्रदेशको ४० लाख रुपैयाँ बजेटमा भवन निर्माण हुने भएको हो। बाढी प्रभावित क्षेत्र भएकाले विपद्को समयमा सुरक्षित स्थान बनाउने उद्देश्यले भवनको निर्माण हुन लागेको उप सभामुख थारुले बताईन।