बाँके पूर्ण खोप जिल्ला घोषणा

नेपालगन्ज : बाँके जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको छ ।
जिल्लाका आठवटै पालिकाका सम्पुर्ण बालबालिकाहरुले पुर्ण खोप प्राप्त गरेको सुनिश्चितता भएपछि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । शुक्रबार नेपालगन्जमा आयोजना गरिएको घोषणा समारोहमा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बाँके जिल्ला पूर्ण खोप जिल्ला भएको घोषणा गरेका हुन् । पूर्ण खोप जिल्ला घोषणा गर्दै संयोजक श्रीवास्वले खोप सुनिश्चितता भएको प्रमाणपत्र जिल्ला स्वास्थ्य कार्यालय बाँकेलाई प्रदान गरेका थिए । बाँके जिल्ला पूर्ण खोप सुनिश्चितता भएको प्रमाणित गर्दै जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जिल्ला समन्वय समितिलाई प्रमाणपत्र प्रदान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले जिल्ला स्वास्थ्य कार्यालय बाँकेलाई प्रमाणपत्र प्रदान गर्दै बधाई समेत ज्ञापन गरे ।
कार्यक्रममा ८ वटै पालिकाका प्रमुख, यूनिसेफका प्रतिनिधि, स्वास्थ्य कार्यालयका खोप अधिकृत, स्वास्थ्य चौकीका प्रमुख, स्वयंसेबिकाहरुको सहाभागिता रहेको थियो ।