बर्दियामा बालबिवाह न्युनिकरणका लागि कार्ययोजना

तारा वहादुर सुनार : बर्दिया।

बर्दियामा बालविवाह न्युनिकरणका लागि कार्ययोजना निर्माण थालिएको छ ।
प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा बाके युनेस्को क्लवले बर्दिया जिल्लाका ८ वटै पालिकामा रहेका ४० वटा माध्यामिक विद्यालयमा कार्ययोजना निर्माण थालिएको हो । कार्ययोजना निर्माण गर्न क्लबले विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम गर्न सुरु गरिएको छ ।
माध्यामिक तहमा अध्यनरत धेरै किशोर किशोरी वालविवाहको सिकार हुने भएकोले विद्यालयवाट नै बालविवाह विरुद्ध अभियान सञ्चालन गर्न विद्यालयको अतिरिक्त क्रियाकलामा समावेश गर्न कार्ययोजना वनाउन अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको फिल्ड सुपरभाइजर डम्मर वहादुर परियारले जानकारी दिए ।
कार्ययोजनामा बालविवाह विरुद्ध विद्यार्थीको हस्ताक्षर अभियान सञ्चालन गर्ने, वक्तृत्वकला प्रतियोगिता, चिठी लेखन, निवन्ध प्रतियोगिता, सांस्कृतिक कार्यक्रमहरु तथा विद्यालयमा बालसंरक्षण नीति तयार गर्ने योजनाहरु समावेश गरिएको त्रिभुवन मा.वि.ककौराका प्रधानाध्यापक दामोदर पौडलले वताए । विद्यालयमा तयार गरिएको योजनाहरुलाई पुर्णरुपमा कार्यान्वन गर्ने र विद्यालयमा वालमैत्रि शिक्षणलाई लागु गरीने उनको भनाई छ ।
बालविवाह समाजमा व्याप्त रहेका भएता पनि कानुनी प्रकृया नजाउदा तथ्यांक एकिन गर्न भने सकिएको छैन । एक अध्ययन अनुसार सामाजिक सञ्जालको माध्यमवाट २० प्रतिशत, आफुखुशी ११ प्रतिशत र अभिभावकको करकापवाट २६ प्रतिशत वालवालिकाहरुले बालविवाह गर्ने गरेको पाइएको छ ।
मुलुकी अपराध(संहिता) ऐन २०७४ विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनहुँदैन । यदि यस्तो प्रकारको विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुनेछ र उपदफा(१)बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीनवर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबानाहुनेछ । भनी तोकिएको छ ।