राजापुरमा हात्तीपाइलेको औषधी सेवन नगर्नेको संख्या धेरै

शक्ति परियार, राजापुर ।

बर्दियाको राजापुरमा हात्तीपाइलेको औषधी नखाने व्यक्तिहरुको संख्या धेरै रहेको पाइएको छ। शुक्रबार राष्ट्रिय हात्ती पाइले रोग निवारण कार्यक्रम अन्तर्गत आम औषधी सेवन अभियान २०७७ नगर स्तरीय योजना तर्जुमा गोष्ठीका सहभागीहरुले राजापुरमा शिक्षित नागरिकहरूले नै यो औषधि खान नमान्ने गरेको बताए। यस वर्ष चैत्र २० गते देखि हात्ती पाइलेको औषधी आम रूपमा खुवाइँदै छ।

बर्दियामा ६५ प्रतिशतले यो औषधी सेवन गरेमा अभियान सफल रहेको मान्न सकिन्थ्यो जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका स्वास्थ्य फोकल पर्सन कृष्ण गोपाल चौधरी बताउँछन्। हात्ती पाइले रोगको यो औषधी सेवन पछि ज्वरो आउने,रिंगटा लाग्ने जस्ता भ्रम हरु जनमानसमा रहेकोले सकारात्मक प्रचार प्रसार गरी यो अभियानलाई सफल पार्न राजापुर नगरपालिका प्रमुख शिव प्रसाद चौधरीले आग्रह गरे ।