समाज जागरण साप्ताहिकले पूरा गयो १२औं वसन्त

नेपालगन्ज : बाँकेको समाज जागरण साप्ताहिकले १२ वर्ष पूरा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता नं. ८५ रहेको समाज जागरण आर्थिक वर्ष ०६४/६५ मा दर्ता भएको हो । चन्द्रेश्वरराज त्रिपाठी सम्पादक/प्रकाशक रहेको यो पत्रिका नेपाली र अवधि दुई भाषामा प्रकाशित हुन्छ । पत्रिकालाई प्रेस काउन्सिल नेपालले स्थानीय ग वर्गमा वर्गीकरण गरेको छ । पत्रिकाले बिहीबार १३औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । नेपालगन्ज उपमहानगरपालिका मेयर डा.धवल शम्शेर राणाले अवधी र हिन्दी भाषामा भाषण गर्दै जिल्लाका पत्रिकालाई जोगाउन साप्ताहिक पत्रिकालाई समानुपातिक ढंगले विज्ञापन उपलब्ध गराउन आफू तयार रहेको प्रतिबद्धता जनाएका थिए ।


अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले ‘अवधी भाषाको विकासको लागि समाज जागरणले गरेको योगदानको प्रशंशा गरेका थिए । वार्षिकोत्सवको अवसरमा बाँकेका पहिलो पत्रकार मातृभूमि साप्ताहिकका सम्पादक÷प्रकाशक स्व. प. योगेश्वरप्रसाद मिश्र ‘वैद्य’ जी, आदर्श मञ्च साप्ताहिकका सम्पादक÷प्रकाशक स्व. राधेश्याम शर्मालाई मरणोपरान्त अभिनन्दन तथा सम्मान गरिएको थियो भने शिक्षा क्षेत्रमा योगदान गरे वापत प्रधानाध्यापक सन्ध्या शर्मा तथा कोभिड–१९ को बेला ६ नं. वडामा समाजसेवाको उल्लेखनीय कार्य गरे वापत वडा अध्यक्ष समीरप्रताप सिंह र समाजसेवी सुधीरप्रताप सिंहलाई कदर पत्रले सम्मान गरिएको थियो ।