जमुनाहा नाकाको परीक्षणमा भारतबाट फर्केका व्यक्तिमा कोरोना

नेपालगन्ज : भारतबाट फर्केका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँकेको जमुनाह नाकाको हेल्थ डेक्समा गरिएको एन्टीजेन परीक्षणमा भारतको गुजरातबाट फर्केका रोल्पा लिंवाङका एक व्यक्तिमा शुक्रबार संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरुभएसँगै नेपालगन्जको जमुनाह नाकामा बुधबारदेखि परीक्षण गर्न थालिएको हो ।