स्टार सिटी १ खेल अघि नै च्याम्पियन, धम्बोझीलाई जित्नैपर्ने बाध्यता (यी हुन् टप-४ टिम)

धम्बोझी क्लबले लेकाली क्लबलाई जित्यो र स्टार सिटीले त्रिवेणीलाई पराजित गर्न सके धम्बोझीको दोस्रो हुने सम्भावना उत्तिकै

नेपालगन्ज : सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब एन्फा प्रेसिडेन्ट लिग २०७७ को प्रतियोगिता सम्पन्न नहुँदै च्याम्पियन बनेको छ । ५ खेल खेलेर स्टार सिटीले १३ अंक जोडेको छ । अब स्टारले आफनो अन्तिम खेल त्रिवेणी युवा क्लबसँग खेल्नेछ । त्यो खेलको नतिजा जे आए पनि स्टार सिटी च्याम्पियन बनेको हो ।
शुक्रबारसम्मको खेलमा धम्बोझी क्लब स्कोरको आधारमा चौथो स्थानमा छ । स्कोरका आधारमा धम्बोझी र त्रिवेणीको अंक नौ नौ भए पनि गोल संख्याका आधारमा त्रिवेणी अगाडि छ । शनिबारको खेलमा लेकाली युवा क्लब जुम्लालाई पराजित गर्न सके धम्बोझीको टप –४ यात्रा सुनिश्चित छ । यदि धम्बोझीले शनिबारको खेलमा बराबरीमा रोकियो वा पराजित भयो भने आइतबारको खेलमा प्रदेश-२ को मनकामना युवा क्लब रौतहटले प्रदेश- १ को सैनिक फुटबल क्लबलाई जित्यो भने मात्र धम्बोझीको टप-४ को यात्रा सुनिश्चित हुनेछ । धम्बोझीले लेकालीलाई हराउन सक्ने र स्टार सिटीले आइतबारको खेलमा त्रिवेणीलाई पराजित गर्न सकेमा भने धम्बोझी दोस्रो स्थानमा आउन सक्ने सम्भावना पनि देखिन्छ । धम्बोझी र मनकामना पराजित भए सैनिक क्लब टप -४ मा उक्लिने सम्भावना पनि छ ।