नेपालगन्जको रेडियो कृष्णसार १३औं वर्षमा प्रवेश

नेपालगन्ज : बाँकेको सामुदायिक रेडियो कृष्णसार एफएम ९४ मेगाहर्ज १३ वर्षमा प्रवेश गरेको छ ।
१४ चैत्र २०६५ देखि रेडियोले नेपालगन्जबाट प्रसारण आरम्भ गरेको थियो । दुई हजार वाट क्षमताको यो रेडियो पश्चिम नेपालको लोकप्रिय रेडियो हो ।

रेडियो १३ वर्षमा प्रवेश गरेको अवसरमा शनिबार कृष्णसारकर्मी र रेडियोका तर्फबाट बर्दिया कालिकाको सुदामा सत्सङ्ग बृद्वाश्रमका ७० जना ६५ वर्ष भन्दामाथिका जेष्ठ नागरिकहरूलाई फलफूल, मिष्ठान्न र नगद वितरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *