एन्फा प्रेसिडेन्ट लिग : धम्बोझी टप-४ हुँदै राष्ट्रिय लिग खेल्ने

नेपालगन्ज : धम्बोझी क्लब एन्फा प्रेसिडेन्ट लिग २०७७ को राष्ट्रिय लिग फुटबल प्रतियोगिता खेल्ने पक्का भएको छ ।
नेपालगन्ज रंगशालामा शनिबार सम्पन्न खेलमा कर्णाली प्रदेशको लेकाली युवा क्लब जुम्लालाई ३–१ ले पराजित गर्दै टप ४ मा पुगेको हो । यस यो लिग चरणका शीर्ष ४ टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्न पाउनेछन् । धम्बोझीको जितमा बिसन गुरुङले ३०औं मिनेटमा, गौरव बुढाथोकीले ४४औं मिनेटमा र निसान लिम्बुले ४८औं मिनेटमा गोल गरेका थिए । लेकालीका संजय धिमालले २४औं मिनेटमा गोल गरे । खेलमा धम्बोझीका गौरव बुढाथोकी म्यान अफ द म्याच बन्न सफल भए । धम्बोझीले ६ खेलमा ४ मा जित २ मा हारको सामना गर्दै १२ अंक जोडेको छ । लेकालीले ६ खेलमा ५ मा हार र १ बराबरीमा खेल्दै १ अंकमात्र जोडदै अंक तालिकाको पुछारमा छ । आइतबारको खेलमा सुदूरपश्चिम प्रदेशको स्टार सिटी क्लबले गण्डकी प्रदेशमाथि विजयी हुँदा वा खेल बराबरीमा पुग्यो भने धम्बोझीको उपविजेता हुने पक्का छ ।