पाण्डेको नेतृत्वमा समावेशी व्यवसायिक प्यानल घोषणा

गुलरिया : उद्योग बाणिज्य संघ बर्दियाको निर्वाचनका लागि समावेशी व्यवसायिक साझा प्यानल घोषणा गरिएको छ ।
शनिबार गुलरियामा पत्रकार सम्मेलन गरी प्यानलका संयोजक देवेन्द्र पाण्डे मंगलले समूहको नामावली सार्वजनिक गरेका हुन् । प्यानलको अध्यक्ष पदमा देवेन्द्र पाण्डे मंगल, बरिष्ठ उपाध्यक्षमा इन्द्रकुमार श्रेष्ठ बन्धु, द्वीतीय उपाध्यक्ष मनोजकुमार वर्मा, तृतीय उपाध्यक्ष सुरेन्द्र बगाले, महासचिव अशोक खड्का, सचिव मोहित पौडेल, कोषाध्याक्षमा कृष्ण थारु र सहकोषाध्यक्षमा विजय वर्माले उम्मेदवारी दिएका छन् । जसमा १२ जना सदस्य छन् । संंघको २२ औं साधारण सभा आगामी २१ चैत्रमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *