कोहलपुरमा दुई संक्रमितको मृत्यु

नेपालगन्ज : कोरोना संक्रमणका कारण बाँकेको कोहलपुर नगरपालिकामा दुईजनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नम्वर २ की ३५ वर्षीया महिला र ७७ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । मृतक महिलाको उपचारका क्रममा दिउसो ३ बजे र ७७ बर्षिय पुरुषको उपचारका लागि अस्पताल लैजाँदै गर्दा अस्पतालको गेटमै मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । पछिल्लो समय बाँकेमा दैनिक रुपमा मृत्युदर र संक्रमितको संख्या बढन थालेको छ । जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ जना पुगेको छ भने बाहिरी जिल्लावाट उपचारका लागि आएका ९८ जनाले बाँकेका विभिन्न अस्पतालमा ज्यान गुमाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *