कोहलपुरमा कोरोना संक्रमितले गरे आत्महत्या

कोहलपुर : बाँकेमा होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।

कोहलपुर नगरपालिका–९ का ६० वर्षिय बमबहादुर खत्रीले शनिबार राति पौने ७ बजे घरमै झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । खत्रीले आत्महत्या गरेपछि परिवारका सदस्यले प्रहरीलाई ८ बजेर १० मिनेटमा प्रहरीमा खबर गरेका थिए ।स्वास्थ्यमा समस्या देखिएपछि वैशाख ३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा परीक्षण गर्दा खत्रीको कोरोना पोजेटिभ आएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य हुँदा घरको कोठामा होम आइसोलेसनमा बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिए ।