भेरी अस्पतालका ७३ स्वास्थ्यकर्मीमा कोरोना

नेपालगन्ज : कोरोना संक्रमितको उपचार गर्ने भेरी अस्पताल नेपालगन्जमा ७३ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन । दोस्रो लहरको कोरोना सुरुभएपछि बैशाख १ गते यता ८ चिकित्सकसहित ७३ जनामा कोरोना संक्रमण भएको हो । अस्पतालमा कार्यरत ८ चिकित्सक, ३३ नर्सिङ्ग कर्मचारी, ८ जना जनस्वास्थ्य निरिक्षक र अहेव र २४ जना अन्य कर्मचारी गरी ७३ जनालाई कोरोना संक्रमण भएको भेरी अस्पतालले जनाएको छ ।
अस्पतालका स्वास्थ्यकर्मीहरुमा संक्रमण फैलिएपछि संक्रमितहरु आइसोलेसनमा बस्ने र निको भएपछि फेरि विरामीको उपचारमा जुटने गरेको अस्पतालले जनाएको छ । हाल अस्पतालमा २१२ जना कोभिडका विरामी उपचाररत रहेका छन् । ती मध्य ६० जना विरामी आईसीयूमा छन् भने १० जना भेन्टिलेटरमा छन ।