सामुदायिक वनद्वारा प्रहरी र सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका ७ सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहले प्रहरी र सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
सामुदायिक वनका अध्यक्ष धनसिंह साउँदले प्रहरी चौकी सत्ती र कालाकुण्डाका साथै शसस्त्र प्रहरी बलको श्रीलंका, खक्रौला र कालाकुण्डालाई सेनिटाइजर र मास्क वितरण गरेको बताए । उनी भन्छन्, ‘प्रहरी र सञ्चारकर्मी कोरानाका बेला अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने भएकाले उच्च जोखिममा रहेकाले स्वास्थ्य सामग्री वितरण गरेका हौं ।’ हरेक प्रहरी यूनिटलाई तीन तीन पाकेट मास्क, एक एक लिटर सेनिटाइजर र सञ्चारकर्मीलाई एक एक पाकेट मास्क र सेनिटाइजर प्रदान गरिएको सामुदायिक वनका कोषाध्यक्ष मनिराम ढुङ्गानाले बताए ।