नेपालगन्जमा ६ हजार संक्रमित, ४३ को मृत्यु

नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकामा झन्डै ६ हजार जना कोरोना संक्रमित भएका छन् ।
उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार दुई हजार पाँच सय ६९ महिला र तीन हजार तीन सय ८२ जना गरि ५ हजार नौ सय ६१ जनामा कोरोना पुष्टि भएको छ । १९ महिला र २४ पुरुष गरी ४३ जनाको निधन भएको हो । कोरोनाबाट १९ महिला र २४ पुरुष गरी ४३ जनाको निधन भइसकेको छ । आइतबारसम्म एक हजार एक सय ७२ जना महिला र एक हजार तीन सय ३७ जना पुरुष गरी दुई हजार पाँच सय ९ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितहरु सबै वैशाख ९ गतेपछि संक्रमण देखिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *