सीमानाकाबाट ५०० को सामान ल्याउन छुट !
नेपालगन्ज : संघीय सरकारले अर्थमन्त्रालयले स्थलमार्गबाट १०० रुपैयाँ बराबरको सामान ल्याउन पाउने व्यवस्थालाई पाँच गुणा बृद्धि गरेको छ ।
भन्सार ऐन २०८२ र भन्सार महसुल ऐन २०८१ ले दिएको अधिकार प्रयोग गरी १५ जेठ २०८३ देखि लागू हुने गरी नेपालबाट बाहिर जाने र विदेशी मुलुकबाट नेपालभित्र आउने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका बस्तु सम्बन्धमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर नयाँ व्यवस्था गरेको हो । जसमा स्थलमार्गबाट ओहोरदोहोर गर्ने व्यक्तिले ५०० रुपैयाँसम्मका निजी प्रयोगका बस्तु ल्याउन सक्ने प्रावधान थपिएको हो । जसमा भनिएको छ, ‘पाँच सय रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका बस्तु ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिइ छाड्न सक्नेछ ।’










