भेरीको इमरजेन्सीमै कुटिए हेल्थ असिस्टेन्ट शाही

नेपालगन्ज : कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका कुरुवाले भेरी अस्पतालको इमरजेन्सीमा कार्यरत हेल्थ असिस्टेन्ट (एचए) पुपेन्द्र शाही कार्यकक्षमै कुटेका छन् ।
भेरी अस्पताल विकास समितिका अनुसार शुक्रबार बिहान ८ः३० बजेतिर तीन चार जनाको समूहमा आएको व्यक्तिले कोभिड वार्डमा बिरामी किन हेर्न नगएको भन्दै आक्रमण गरेका हुन् । डाक्टर खै भन्दै आएका उनीहरुले एचए शाहीलाई दुई झापड हानेर भागेका थिए । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र सदस्य सचिव डा.प्रकाशबहादुर थापाले शुक्रबार नै विज्ञप्ती जारी गरी घटनाप्रति खेद प्रकट गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।