बर्दियाका एकसहित ५ संक्रमितको मृत्यु

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाको बढैयाताल गाउँपालिकाका एक जना सहित ५ जना रहेका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार ति मध्य ४ जना नेपालगन्जका हुन । कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शुक्रबार बेलुकी पौने ५ बजे देखि शनिबार बिहान ६ः४५ बजेसम्म ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१२ का ६७ वर्षीय पुरुष, वडा नम्वर १ का ६४ वर्षीय पुरुष, वडा नम्वर १० की ३८ वर्षीया महिला, वडा नम्बर १४ की ३८ वर्षीय महिला र बर्दियाको बढैयाताल गाउँपालिका ७ का ५२ बर्षका पुरुष रहेका छन । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७४ पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १ सय ३१ जनाको मृत्यु भएको छ ।