बाँकेमा ४ सय ४५ संक्रमित थपिए, ४ सय ९ डिस्चार्ज

नेपालगन्ज : बाँकेमा पछिल्लो २४ घण्टामा ४ सय ४५ जनामा कोरोना भाइरस पुष्टि हुँदा ४ सय ९ जना डिस्चार्ज भएका छन । जिल्लाको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्यावमा ६ सय २९ जनाको परिक्षण गर्दा ४ सय ४५ नयाँ संक्रमित थपिएका छन । ति मध्य १ सय ६७ महिला र १ सय ५६ पुरुष गरी ३ सय २३ जना संक्रमित बाँकेका मात्रै हुन । त्यस्तै १ सय ७८ महिला र २ सय ३१ पुरुष गरी ४ सय ९ जनाले कोरोना परास्त गरी डिस्चार्ज भएका हुन ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालको प्रयोगशालामा ३ सय ५ नमूना परिक्षण गर्दा २ सय २२ जनामा भाईरस संक्रमण पुष्टि भएको छ । त्यस्तै मेडिकल कलेज कोहलपुरको ल्यावमा ७३ को परिक्षण गर्दा ५९ र बागेश्वरी ल्याबमा २ सय ५१ को परिक्षण गर्दा १ सय ६४ संक्रमित थपिएका हुन ।