लुकाएको अक्सिजन ग्यास खोज्दै नगर प्रमुख राणा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणाले नगरवासीले भण्डारण गरेको अक्सिजन ग्यासको खोजी सुरु गरेका छन् ।
अस्पतालमा अक्सिजन ग्यासको अभाव भइरहेको बेला नगरवासीले घर तथा कलकारखानामा अक्सिजन सिलिण्डर भण्डारण गरेर नगरका आइसोलेसन र अस्पतालमा अक्सिजन अभाव हुन नदिन खोजी अभियान सुरु गरिएको डा.राणाले मेरो खुसीलाई बताए । शनिबार विहान औद्योगिक क्षेत्रको शिखर प्लाइमा राखिएका २ वटा भरिएका र २ वटा खाली सिलिण्डर रामलीला मैदानमा रहेको अक्सिजनसहितको आइसोलेसनमा केन्द्रमा बुझाएका हुन् । उनले यो अभियान जारी रहने बताउँदै सर्वसाधारणलाई अनावश्यक रुपमा घरमा भण्डारण नगरेर नगरका आइसोलेसनमा बुझाउन आग्रह गरेका छन् ।