नेपालगन्ज-१८ को होम आइसोलेसनमा पनि डाक्टरसहितको स्वास्थ्य सेवा सुरु

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको स्वास्थ्योपचार गर्न डाक्टरसहितको स्वास्थ्य टोली वडा नंं. १८ का घरघरमा पुगेको छ ।
होलस्टिक होम केयर सेन्टरको सहकार्यमा वडा अध्यक्ष दीपक वर्माको नेतृत्वमा फिजिसियन डा. सुवास योगीसहितका स्वास्थ्यकर्मीहरुको टोलीले संक्रमितहरुको घरघरमा पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेका हुन् । डा. योगीसहितको टोलीले संक्रमितलाई परामर्श तथा आवश्यक औषधी सिफारिस गरेको थियो । डाक्टरले स्वास्थ्य जाँच गरि औषधी तथा एक्सरेलगायत अन्य परीक्षणको सिफारिस गरेपछि वडा कार्यालयले निःशुल्क परीक्षण गराउने व्यवस्था मिलाइएको वडा सदस्य दिग्विजय ढुंगानाले जानकारी दिए । यसअघि आइतबारदेखि योे सेवा नेपालगन्ज १ मा पनि सुरु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *