ओलीले गुमाए विश्वास मत, प्रधानमन्त्री स्वतः पद मुक्त

Photo by Annapurnapost

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत लिन असफल भएका छन् ।
प्रतिधिनिसभाको सोमबारको बैठकमा विश्‍वासको मतका लागि भएको मतदानमा ओलीको प्रस्तावको पक्षमा ९३ मत मात्र पाए । एमालेकै नेपाल खनाल खेमाले भने संसद बहिस्कार गरेको थियो । प्रतिपक्ष दल कांग्रेस, माओवादी केन्द्र जसपालगायतका दलले विपक्षमा १२४ मतदान गरेका थिए। विश्‍वास प्राप्त गर्न ओलीलाई १३६ मत आवश्यक थियो। सभामुख अग्‍नी सापकोटाले प्रधानमन्‍त्री ओलीले विश्‍वासको मत नपाएको घोषणा गरेका थिए । त्यस्तै मत दिन्‍न भन्‍ने वा तटस्थमा १५ मत परेको छ। संसदमा जम्मा २३२ सांसद उपस्थित थिए। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कामय छन्। संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, जसपाका ३४ (२) निलम्बित र तीनजना स्वतन्त्र हैसियतमा छन्।