बर्दियामा थप ४ को मृत्य, ७४ थपिए, १०८ डिस्चार्ज

बर्दिया : कोरोना भाइरस संक्रमणका कारण बर्दियामा सोमबार थप चारजनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार सोमबार जिल्लामा ४ जनाको मृत्यु भएको छ भने ७४ जना नयाँ संक्रमित थपिएका छन । यस्तै जिल्लाका १ सय ८ जनाले कोरोना परास्त गरी डिस्चार्ज भएको कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
जिल्लामा हालसम्म जम्मा पोजेटिभको संख्या ३ हजार ३४७ हुँदा २ हजार ६१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन । हाल १ हजार ३४१ सक्रिय संक्रमित रहेकोमा होम आईसोलेसनमा १ हजार २५१ जना र ९० जना विभिन्न अस्पतालमा भर्ना भएका छन । कोरोना संक्रमणका कारण बर्दियामा हालसम्म ४६ जनाको मृत्यु भईसकेको छ ।