अष्ट्रेलियामा पढ्ने विद्यार्थीले गरे कोहलपुरमा निःशुल्क एम्बुलेन्स सेवामा सहयोग

कोहलपुर नगर प्रमुख लुटबहादुर रावतलाई एम्बुलेन्स सेवा हस्तान्तरण गर्दै बेटर बाँकेका अध्यक्ष युवराज देवकोटा । फोटो सौजन्य : विष्णु बेल्वासे

नेपालगन्ज : अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीले कोरोना संक्रमितका लागि कोहलपुर नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न सहयोग गरेका छन् ।
अष्ट्रेलियामा अध्ययनरत अर्जुन रेग्मी र विकास अधिकारीलगायतका नेपाली युवाले बेटर बाँकेसँग समन्वय गरेर अक्सिजनसहितको एम्बुलेन्स सेवाका लागि सहयोग गरेको संस्थाका अध्यक्ष युवराज देवकोटाले बताए । बेटर बाँकेका अध्यक्ष युवराज देवकोटाले बिहीबार कोहलपुर नगर प्रमुख लुटबहादुर रावतलाई एम्बुलेन्स सेवा हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स सञ्चालन गर्दा २ महिनासम्म लाग्ने सम्पूर्ण खर्च संस्थाले व्यहोर्नेछ । एम्बुलेन्स सेवामा प्राविधिक सहयोग सामुदायिक सेवा केन्द्र कोहलपुरको हुनेछ ।