बाँकेमा थप ८ कोरोना संक्रमितको मृत्यु

नेपालगन्जः कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप ८ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार बिहिबार बेलुकी ५ बजे देखि शुक्रबार विहान सम्म भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेजमा थप ८ जनाको मृत्यु भएको हो । ति मध्य खजुरा १ का ६४ बर्षिय महिलाको बिहिबार बेलुकी ५ बजे होम आईसोलेसनमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका ६ का ३५ वर्षिया महिला, खजुरा गाउँपालिका ३ का ७५ वर्षिया महिला, नेपालगन्ज उपमहानगरपालिका ५ का ६१ वर्षिया महिला र कोहलपुर नगरपालिका २ का २८ वर्षिय पुरुष रहेका छन ।
यस्तै विभिन्न जिल्लावाट उपचारका लागि आएका ३ जना व्यक्तिको समेत नेपालगन्जका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा ९ कैलालीका ४० बर्षिय पुरुष, कुमाख गाउँपालिका १ सल्यानका ६७ वर्षिया महिला र मधुवन नगरपालिका ६ बर्दियाका ५९ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको केन्द्रले जनाएको छ ।
योसँगै कोरोना संक्रमणका कारण बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएका १६७ जना र जिल्लाकै २२२ जनाले हालसम्म ज्यान गुमाईसकेका छन् ।