मुस्लिम समुदायले घरमै नमाज पढेर इद मनाए

सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । फोटो : सिराज खानको फेसबुकबाट

नेपालगन्ज : इस्लाम धर्मावलम्वीले शुक्रबार घरमैै नमाज पढेर ‘इदुल फित्र’ (इद) मनाए ।
एक महिना लामो उपवास समाप्त गरी धुमधामसँग मनाएका हुन् । इस्लिामक पात्रो अनुसार रमदान महिना भरी उपबास बसेर चन्द्रमा हेरेर अर्काे दिन इद मनाउने चलन छ । एक महिना लामो उपवास पछि चन्द्रमा हेरेर स्थानीय इदगाह मस्जिदमा सामूहिक रुपमा नमाज पढेर इद मनाउने चलन भएपनि कोरोना संक्रमणको कारण घरमै सबै धार्मिक प्रकृया पूरा गरी मुस्लिम समुदायले इद मनाउन सुरु गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *