नेपाल पत्रकार महासंघ बाँकेले एम्बुलेन्स किन्ने

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरिद गर्ने भएको छ ।
शाखाको शुक्रबार नेपालगन्जमा बसेको बैठकले एम्बुलेन्सको आर्थिक व्यवस्थापनका लागि उपाध्यक्ष संगीन शर्माको संयोजकत्वमा सात सदस्यीय ‘आर्थिक सहयोग संकलन समिति’ गठन गरिएको अध्यक्ष दामोदर भण्डारीले बताए । कोरोना महामारीलाई मध्यनजर गरी मुनाफारहित रुपमा सेवाभावले सञ्चालन गर्ने एम्बुलेन्स सेवा पत्रकार तथा आमनागरिकलाई सर्वसुलभ हुने महासंघले जनाएको छ ।