कोरोना संक्रमणबाट ठाकुरबाबाकी ३४ वर्षिया गर्भवतीको मृत्यु

बर्दिया : कोरोना संक्रमणका कारण बर्दियाको ठाकुरबाबा नगरपालिका १ की ३४ वर्षिया ५ महिनाकी गर्भवती महिलाको ज्यान गएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बर्दियाका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार वैशाख २२ मा पीसीआर गरी २४ गते भर्ना भएकी उनको गएराति २ः५८ बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । यस्तै, गुलरिया नगरपालिका १० बर्दियाका ६० वर्षिय पुरुषको समेत नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान ४ः४५ बजे मृत्यु भएको छ ।