बाँकेमा २ सय ८ थपिए, ४३७ डिस्चार्ज, १४ को मृत्यु

नेपालगन्ज : बाँकेमा शनिबार थप दुई सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याबमा गरिएको ३ सय ६१ नमूना परीक्षणमा दुई सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो परीक्षण गरिएका नमूनाको ५७.६१ प्रतिशत हो । जसमध्ये बाँकेमा ९७ जना मात्रै हुन् । भेरी अस्पतालको ल्याबको भने नतिजा आएको छैन ।
त्यस्तै, शनिबार एक सय ९६ महिला र दुई सय ४१ पुरुष गरी चार सय ३७ जनाले कोरोना परास्त गरी डिस्चार्ज भएका छन । पछिलो २४ घण्टामा बाँकेमा थप १४ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन महिला र चार पुरुष गरी सात जना हुन् भने बाँकी सात जना विभिन्न जिल्लाबाट उपचारका लागि नेपालगन्जका अस्पतालमा आएकाहरु हुन् । उनीहरुको भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।