कोरोनाबाट बाँकेमा पत्रकार साइको निधन

नेपालगन्ज : कोरोना संक्रमणबाट बाँकेका पत्रकार रइस साइको निधन भएको छ ।
नेपालगन्जको खबर नेपालगन्ज डट कमका सम्पादक प्रकाशक साइको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार निधन भएको हो । उनी अवधी पत्रकार संघ नेपाल बाँके शाखाका सहसचिव र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रशासन शाखामा कार्यरत थिए ।
पत्रकार शाहीको निधनमा नेपाल पत्रकार महासंघ बाँके शाखा, नेपाल प्रेस युनियन बाँके शाखा, अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्य समिति र अनलाइन पत्रकार संघले शोक वक्तव्य प्रकाशित गरेर दिवन्गत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जनमा समवेदना प्रकट गरेका छन् ।