कोरोनाबाट मृत्यु हुनेमा बाहुन/क्षेत्री धेरै

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमणबाट जातिगत रुपमा सबैभन्दा बढी बाहुन/क्षेत्रीको मृत्यु भएको छ ।
जिल्लामा कोरोनाको पहिलो लहरमा ५८ र दोस्रो लहरमा२ सय ४५ गरी कूल मृत्यु भएका ३ सय ३ जनामध्ये ९८ जना त बाहुन क्षेत्री नै रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउँछन् । जुन जिल्लाको कूल मृृत्युको एक तिहाइभन्दा पनि बढी अर्थात ३२.३४ प्रतिशत हो । आदिवासी जनजाति ८६ (२८.३८ प्रतिशत), दलित ३९ (१२.८८ प्रतिशत), मधेशी ३१ (१०.२३ प्रतिशत), मुस्लिम २१ (६.९३ प्रतिशत) र अन्यमा २८ जना (९.२४) प्रतिशत छन् । जिल्लामा ८० हजार ९ सय ९० जनाको कोरोना परीक्षण गरिएकोमा १७ हजार ३ सय ७२ जनामा कोरोना पुष्टि भएको थियो । मंगलबार राति ९ बजेसम्म जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय २४ रहेको छ ।