निषेधाज्ञा उल्लंघन गर्ने गाडीलाई ५ हजार जरिबाना

मुरली गोडिया । गुलरिया
जिल्ला प्रहरी कार्यालय बर्दियाले निषेधाज्ञा उल्लंघन गरी चलाउने यात्रुवाहक सवारीलाई ५ हजार रुपैयाँ जरिबाना गरेको छ ।
जिप्रका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार बाहिरी जिल्लाबाट बर्दिया जिल्लामा बिना अनुमति यात्रु ओसारपसार गरिरहेको अवस्थामा बा ४ ख ४२२२ नम्बरको यात्रु वाहक फोर्स गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार ५ हजार रुपैयाँ जरिवाना गरिएको सूचना अधिकारी शाहीले बताए ।