नेपालगन्ज उपमहानगरद्वारा अपाङ्गता भएका ब्यक्तिलाई सहयोग

नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई शुक्रबार सहायक सामग्री वितरण गरेको छ ।
नगर उप प्रमुख उमा थापा मगरले शुक्रबार एक समारोहमा अपाङ्गता भएका ब्यक्तिहरु २ वटा ट्राइसाइकल, २ वटा वाकर, ४ वटा ह्विल चेयर, एउटा बैशाखी र १२ वटा सेतो छटी सहयोग गरेकी हुन् । नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा अपाङ्ग सशक्तिकरण तथा सञ्चार केन्द्रको सहजिकरणमा नेपालगन्ज नगर स्तरीय अपाङ्गता सञ्जालले गरेको सो कार्यक्रममा अपाङ्गता परिचय पत्र व्यवस्थापनका लागि डिजिटलाईजेसन प्रिन्टर मेसिन र कार्ड समेत उपलब्ध गराइएको छ । सञ्जालका अध्यक्ष गोकर्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह, राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सचिव भावुकजंग थापा, प्रदेश अध्यक्ष देवीदत्त आचार्यलगायतको सहभागिता थियो ।