सांसद र बाँकेका सुरक्षा प्रमुखद्वारा लक्ष्मणपुर बाँध अवलोकन

लक्ष्मणपुर बाँधमा सांसद, प्रहरी/शासन प्रमुखहरु । फोटो : सिराज खानको फेसबुकबाट

नेपालगन्ज : बाँकेका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यसहित प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखले शनिबार लक्ष्मणपुर बाँधको अवलोकन गरेका छन् ।
नरैनापुरको मटेहियामा इलाका प्रहरी कार्यालय भोजभगवानपुरको कार्यालय भवन शिलन्यास गर्न गएका संघीय सांसद महेश्वर गहतराज अथक, प्रदेशसभा सदस्य कृष्णा केसी नमूना, बाँकेका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र प्रहरी प्रमुख एसपी ओमबहादुर रानालगायतको टोली लक्ष्मणपुर बाँधको अवलोकन गर्न गएको थियो । भारतले एकपक्षीय रुपमा निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण बर्सेनी बाँकेको नरैनापुर, डुडुवा र राप्ती सोनारी गाउँपालिकाको धेरै बस्ती डुबान र बाढीको चपेटामा पर्दै आएका छन् ।