कांग्रेसको क्रियाशील सदस्यताका लागि माओवादी कार्यकर्ताको किर्ते हस्ताक्षर !

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीमा कांग्रेसको क्रियाशील सदस्यताका लागि माओवादी कार्यकर्ताको किर्ते हस्ताक्षर गरिएको फेला परेको छ ।
कैलालीको टीकापुर नगरपालिका ८ मा नेपाली काङ्ग्रेसले क्रियाशील सदस्यताका लागि नाम सिफारिस गरेकाहरुले आफूहरुलाई थाहै नदिएर नाम सिफारिस गरिएको भन्दै ४ असारमा विज्ञप्ती निकाले । तर त्यो विज्ञप्ती जारी भएको २४ घण्टा नबित्तै अर्को विज्ञप्ती आयो । जहाँ आफूहरुले स्व:स्फूर्त रुपमा नाम दिएको भन्दै ११ जनाको हस्ताक्षर रहेको थियो । तर त्यो हस्ताक्षर किर्ते भएको पाइएको छ ।

आइतबार विज्ञप्तीमा नाम उल्लेख भएकाहरुले पत्रकार सम्मेलन गरी कोरो कागजमा आफूलाई हस्ताक्षर गर्न लगाएर त्यस्लाई विज्ञप्ती बनाइएको आरोप लगाएका छन् । उनीहरुले त्यो कुराको विरोधमा विज्ञप्ती जारी गरेका छन् । दुबै विज्ञप्तीमा हस्ताक्षर गरेकी राधा नेपालीले आपत्ति जनाएको विज्ञप्तीमा आफूले हस्ताक्षर गरेको भए पनि पछिल्लो दिन निस्केको विज्ञप्तीमा आफूले चाहेर हस्ताक्षर नगरेको बताएकी छन् । “शेरबहादुर साउद आफ्नो राजनीतिी धरापमा परेको भन्दै भेट्न आउनुभएको थियो । उहाँले आफ्नो राजनिती धरापमा नपार्न आग्रह गर्दै कोरो कागजमा नाम लेखेर हस्ताक्षर गर्न आग्रह गरेपछि मैले हस्ताक्षर गरेकी हु”, राधाले भनिन, पहिला मलाई क्रियाशील सदस्यता लिनका लागि आग्रह उहाँले गर्नु भएको थियो । मैले इन्कार गरेकी थिए ।”
त्यस्तै मनिषा साउँदले क्रियाशील सदस्यताका लागि भनेको भने पनि आफूले कुनै पार्टीमा नलाग्ने भन्दै जवाफ दिएको बताउँदै सदस्यता लिए बैंकमा जागिर दिने आश्वासन समेत आएको बताएकी छन् । उनले पहिलो विज्ञप्तीमा आफूले हस्ताक्षर नगरेको बताएकी छन् । उनले आफ्नो शेरबहादुर साउँदसँग भेटनै नभएको बताउँदै विज्ञप्तीमा किर्ते हस्ताक्षर भएको बताएकी छन् ।
रेखा नेपालीले भने आफू द्वन्द्वकालदेखि नै माओवादीमै रहेको बताउदै अरुको चरित्र हत्या हुने गरी मनोगत रुपमा आफ्नो नाम सिफारिस गरेको बताएकी छन् । उनले राति ८ बजे खाली कागज ल्याएर आएपछि धेरै अनुनय विनय गरेपछी हस्ताक्षर गरेको बताउँदै आपत्ति जनाएकी छन् ।
पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका टीकापुर नगर कमिटीका सचिव दीर्घबहादुर ठकुल्लाले विज्ञप्ती निकाल्दा पहिला हस्ताक्षर लिएर पछि त्यसको माथि लेख्ने काम भएको बताउँदै यस्ता अनावश्यक काम गरेर समाजलाई अराजकतर्फ नलिन आग्रह गरेका छन । उनले जानकारी नै नदिएर खाली काजमा हस्ताक्षर गराएर पछि त्यसको माथिबाट विज्ञप्ती बनाएको बन्दै जबरजस्ती गर्दैमा चाहेको पूरा हुन नसक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *