बाँकेमा चितुवाको छालासहित दुईजना पक्राउ

नेपालगन्ज : बाँकेमा चितुवाको छाला सहित दुई जना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार राप्तीसोनारी गाँउपालिका वडा नं. १ कुशुम बजारवाट चितुवाको छालासहित दाङ घोराही उप–महानगरपालिका ९ का ३२ बर्षिय सन्तोष कुवर र दैलेख भैरवी गा.पा. ३ का १९ बर्षिय जितेन्द्र शाही पक्राउ परेका हुन ।
वन्यजन्तुको छालाको खरिदविक्री भईरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार दिउसो ४ः३० बजे पुर्व बाट पश्चिम तर्फ आउदै गरेको रा ४ प ६५०४ नं.को स्कुटी रोकी चेकजाँच गर्ने क्रममा उक्त स्कुटीको डिक्की भित्र कालो झोलामा रहेको सेतो खैरो रंगको चरीबाघ (चितुवा) को जस्तो देखिने ३ फिट ३ ईन्च लामो एक थान छाला फेला पारी बरामद गरेको हो । उनीहरुमाथी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।