चार्टड उडानको उपलब्धी : बुद्ध एयरले साताको ३ दिन नेपालगन्ज-पोखरा नियमित उडान भर्दै

सीता एयरको नेपालगन्ज-पोखरा चार्टर उडान । फाइल फोटो

नेपालगन्ज : बुद्ध एयरले नेपालगन्ज पोखरा नेपालगन्जको नियमित उडान सुरु गर्ने भएको छ ।
बुद्ध एयर नेपालगन्ज स्टेशन प्रमुख विनित शाहका अनुसार आगामी १७ साउनदेखि सातामा आइतबार, बुधबार र शुक्रबार १८ सिटे विमानको नियमित उडान हुनेछ । यात्रुको चाप बढ्दै गएमा ठूलो जहाजले पनि उडान भर्ने गरी तयारी भइरहेको छ । बुद्ध एयरले ३ थरी भाडा कायम गरको छ । सबैभन्दा सस्तो ४ हजार ९ सय ९५, मध्यम ६ हजार ५ सय र सबैभन्दा बढी ७ हजार ४ सय कायम गरेको शाहले बताए ।
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँके र नाट्टा गण्डकी प्रदेशको पहलमा सीता एयरको १८ सिटे विमानबाट गत ७ फागुन प्रजातन्त्र दिवसको दिनदेखि चार्टर उडान सुरु भएको थियो । हरेक हप्ताको शुक्रबार र आइतबार नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्जको विमान भइरहेको थियो । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल चार्टर उडानले नेपालगन्ज पोखरा हवाइ उडानको सम्भावना देखाएकाले बुद्ध एयर नियमित उडान भर्न तयार हुनुलाई खुसीको कुरा बताउँछन् । , उनले भने ‘सुरुमा हामीले बुद्ध एयरसँग एक महिना सम्झौता गरेर निरन्तर उडान भइरहेको थियो । बुद्धले नियमित उडान भर्ने कुराले पर्यटन व्यवसायीलाई निकै उत्साही बनाएको छ ।’