बाँकेमा कोरोनाको सम्भावित तेस्रो लहरको तयारी यसरी गरिँदै छ : सहायक प्रजिअ शंकरबहादुर बिष्ट (भिडियो)

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमणको सम्भावित तेस्रो लहरलाई मध्य नजर गर्दे पूर्वतयारी थालिएको छ । कोरोना भाइरसको संक्रमण फेरि बढ्ने र महामारीले बालबालिका बढी प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका अस्पतालमा बालबालिकाका लागि बेड व्यवस्थापन, बालरोग विशेषज्ञहरुको रोष्टर तयार देखि सीमा व्यवस्थापन लगायत तयारी थालिएको हो ।